डोटीमा तिहारको चहलपहल सुरु

डोटी-हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ। जिल्ला सदरमुकाम सिलगढी, दिपायल, पिपल्ला, राजपुर क्षेत्रका बजारमा रौनकता बढेको छ।
तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती,भाइमसला, लत्ताकपडा, माला,सप्तरंगी टीका लगायतको राम्रो व्यापार हुने गरेको सिलगढीका व्यापारी संकर साउदले बताउनु भयो।

कामका लागि भारत तथा अन्य ठाउमा गएका नागरिक पनि तिहारका लागि घर आउन थालेका कारण गाउँघरमा चहलपहल बढ्दै गएको पुर्बीचौकी गाउँपालिका वडा नम्बर २ का करन विष्टले बताए ।
तिहारको बेला हुने कालोबजारी, अखाद्य वस्तुको खरिद बिक्रीलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले जानकारी दिनुभयो।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ भने भाइटीका कात्तिक २० गते शनिबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
