डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा खड्का

Sayalb

डाेटी : जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन भएका छन् । बधबार सिलगढीमा सम्पन्न पाँचौ जिल्ला अधिबेशनबाट खड्काकाे नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति गठन भएकाे हाे ।
कार्य समितिकाे बरिस्ठ उपाध्यक्षमा नरेन्द्रबहादुर खड्का, उपाध्यक्षमा याेगेन्द्र बिक्रम शाही चयन भएका छन् । त्यसैगरी सचिबमा गणेशबहादुर कठायत, काेषाध्यक्षमा प्रसिष महरा चयन भएका छन् ।
समितिको सदस्यहरूमा सिताराम नाथ, भुपेन्द्रबहादुर खड्का, लालबहादुर जाेरायला, डम्बरराज भट्टराई, राजेश श्रेष्ठ, नवराज मलासी, बेदप्रसाद जाेशी र सुजित राना रहेका छन् ।
अधिबेशनकाे उद्घाटन सत्रमा बाेल्दै दिपायल सिलगढी नगरपालिका प्रमुख बिजय खड्काले खेलकुद विकासकाे लागि नगरपालिकाबाट पूर्ण सहयाेग हुने जनाए ।
डाेटीमा कर्ण श्रेष्ठको अध्यक्षतामा २०५१ सालमा पहिलाे पटक भलिबल संघकाे गठन भएकाे थियाे ।

Shaileshwori
Bolpatra
Loading...