
असार २०, काठमाडौं । नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधवार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएको एमालेले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै काम नगर्न÷नगराउन भनेको छ ।

दुई ठुला दल एमाले र काँग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको एमालेका महासचिव शङ्कर पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा जिकिर गरिएको छ । साथै एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ ।

