बोगटानमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न, ३७ जनाको शल्यक्रिया गरियो

जेठ १९, सिलगढी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । वडा नम्बर ७ चवराचौतारामा हिजोबाट सुरु भएको शिविर आज सम्पन्न भएको हो ।
बोगटान फुड्सिल गाउँपालिका, डाक फाउन्डेसन, च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालय प्रा.ली, श्रीकृष्ण आँखा अस्पताल प्रा.लीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरबाट ३७ जनाको आँखाको शल्यक्रिया गरिएको र २२८ जनाले अन्य सेवा लिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले जानकारी दिएका छन् ।
Sayalb
पालिका भरि आँखा सम्बन्धी विभिन्न समस्या भएकाहरूलाई मध्यनजर गरी शिविरको आयोजना गरिएको अध्यक्ष गड्सिलाले बताए । शिविरबाट सेवाग्राहीहरूलाई आर्थिक र समयको ठुलो लाभ मिलेको गड्सिलाको भनाई छ ।
धनगढी लगायतका ठाउँमा गएर उपचार गर्नुपर्नेमा पालिकामै निःशुल्क शल्यक्रिया शिविर सञ्चालन भएर सेवापाएपछि सेवाग्राही खुसी भएका छन् ।
Shaileshwori
Loading...