
भदौ ६, डोटी । डोटी स्थित सेती नदीमा बेवारिसे शव फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार स्थित पक्कि पुल नजिकै सेती नदीमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईका अनुसार बिहिवार बिहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले शव निकाल्न प्रहरी परिचालन गरिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।
