विश्वका ३ करोड ६३ लाख ८७ हजार बढीमा कोरोना संक्रमण

विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ३ करोड ६३ लाख ८७ हजार ४ सय ८० पुगेको छ । जम्मा संक्रमित मध्ये २ करोड ७४ लाख ८ हजार ४ सय ४६ जानले कोरोना जितेका छन भने १० लाख ६० हजार ४ सय २७ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएकोे छ । वल्ड्रोमिटरका अनुसार सबै भन्दा बढी कोरोनाको संक्रमण दर अमेरिकामा रहेको छ । त्यहा ७७ लाख ७६ हजार २ सय २४ जनामा कारोना संक्रमण देखिएको छ भने ४९ लाख ८३ हजार ३ सय ८० जनाले कोरोना जितेका छन । २ लाख १६ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ ।

विश्वको कोरोना संक्रमण दरमा दोस्रो स्थानमा रहेको भारतमा ६८ लाख ३२ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५८ लाख २४ हजार ४ सय ६२ जनाले कारोना जितेका छन भने एक लाख ५ हजार ५ सय ५४ जनाको ज्यान गएको छ । त्यस्तै बा्रजिलमा ५० लाख २ हजार ३ सय ५७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । त्यहा जम्मा संक्रमित मध्ये ४३ लाख ९१ हजार ४ सय २४ जनाले कोरोनालाई जितेका छन भने १ लाख ४८ हजार ३ सय ४ जनाको मुत्यु भएको छ ।
