पाले वनमा चितुवा देखियो, सावधानी अपनाउन डिभिजन वन कार्यालयको आग्रह 

Sayalb
सुबास नेपाली 
मङ्सिर १६, डोटी  ।  दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ र ९ को बिचमा पर्ने चिसापानी र पाले बन क्षेत्रमा चितुवा देखिए पछि चितुवा नियन्त्रणका लागि ट्र्याप राखिएको छ । दुई चार दिन देखि उक्त क्षेत्रमा चितुवा देखिएको र चितुवाले आक्रमण गर्ने प्रयास गरेको  भनी स्थानीयहरूको गुनासो आए पछि मानवीय तथा पशु चौपाया क्षति नहोस् भन्ने उद्देश्यले चितुवा नियन्त्रणमा लिन ट्र्याप राखिएको डिभिजन बन कार्यालय डोटीका डिभिजन प्रमुख गोकुल रिजालले बताए ।
चितुवा देखिएको गुनासो आएको र उक्त क्षेत्रमा एक्लै ओहोरदोहोर नगर्न र सावधानी अपनाउन समेत उनले आग्रह गरे । उनले भने “चितुवा नियन्त्रणका लागि पहिलो प्रयास स्वरूप ट्र्याप राखिएको छ, यसबाट पनि नियन्त्रण हुन नसके सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँगको समन्वयमा अन्य विकल्प अपनाइने छ ।”
उक्त क्षेत्र भएर सयौँ मान्छे ओहोरदोहोर गर्ने भएका कारण मानवीय क्षेती हुने जोखिम रहेकोले चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय डोटीले गरेको प्रयास राम्रो भएको वडा नं ९ का वडा अध्यक्ष हर्कबहादुर साउदले बताए । चितुवा देखिए पछि त्यस क्षेत्र भएर ओहोरदोहोर गर्ने स्थानीयमा त्रास फैलिएको छ भने जोखिम पनि त्यतिकै बढेको छ ।
Shaileshwori
Loading...