कर्णाली सरकारका बिरुद्धमा ल्याएको प्रस्ताब घातक : थापा


कर्णाली सरकारका बिरुद्धमा ल्याएको प्रस्ताब घातक भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले बताएका छन । अध्यक्ष थापाले आफ्नो फेसबुक मार्फत सहमतिय राजनीतीक बर्तमान यर्थात बिरुद्धको घातक कदम भएको बताएका हुन ।
दुई ठुला पार्टी एमाले र माओवादी एकतापछी प्रदेशमा नेतृत्व गर्ने बिषयमा बाँडफाँड भएको थियो । भागबण्डामा तत्कालीन एमालेले ४ प्रदेश र माओवादीले दुई प्रदेशमा गर्ने भएको थियो । तत्कालीन माओवादीले कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व गरेको थियो ।
कर्णालीमा नेतृत्व गरिरहेका महेन्द्रबहादुर शाहीका बिरुद्धमा नेकपाका सांसदले अबिश्वासको प्रस्ताब दर्ता गरेछी सुदूरपश्चिम अध्यक्ष थापाले यस्तो प्रतिक्रीया दिएका हुन ।थापाले लेख्नु भएको स्टाटस जस्ताको त्यस्तै ‘कर्णाली प्रदेशका मुख्यमन्त्रीको विरुद्धको अविश्वासको प्रस्ताव सहमतिय राजनीतिको वर्तवान यथार्थ विरुद्धको घातक कदम हो । व्यक्तिगत लाभहानीमा आधारित भएर सोच्नु देशका लागि हानीकारक हुन्छ ।
