
साउन ३१, डोटी । आफ्नै छोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डोटी जिल्लामा २० वर्षीय युवतीलाई उनकै ४८ वर्षीय बुवाले बलात्कार गरेको आरोप लागेको छ ।

आफन्तहरूका अनुसार युवतीको स्वास्थ्यमा समस्या आएपछि शुक्रवार जिल्ला अस्पताल डोटीमा उपचारका लागि लगिएको थियो। चेकजाँचपछि युवती गर्भवती भएको भेद खुलेको हो । आफन्तहरूले सोधपुछ गर्दा युवतीले आफ्नै बुवाले जबरजस्ती शारीरिक सम्बन्ध राखेको बताएकी थिइन् । युवती गर्भवती भएको १० साता पुगेको स्रोतले जनाएको छ ।
आरोपीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सुवर्ण चन्दले जानकारी दिए । घटना संवेदनशील भएकाले थप विवरण नखुलाइएको उनी बताउँछन् ।

