दुई हजार ८२४ जनामा कोरोना पुष्टि, ३ हजार ६२० जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु

Sayalb

आईतबार देशभरका दुई हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २३ पिसिआर परिक्षण गर्दा दुई हजार ८ सय २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ ।
आज देशभरका ३ हजार ६ सय २० जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या एक लाख ३४ हजार ८ सय ४२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

Shaileshwori
Loading...