कोरोना संक्रमीत सुदूरपश्चिमका कानुन मन्त्री शाहलाई हेलिकप्टरबाट काठमाडौ लगिदै

Sayalb

कैलाली कोरोना संक्रमीत सुदूरपश्चिमका प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लगिने भएको छ ।

१५ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीवार सेती पा्रदेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए ।नकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका मन्त्री शाहलाई शुक्रबार थप उपचारको लागी काठमाडौ लगिने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।

नाक बाट रगत बग्न रोकिएपछि अस्पताल बाट बिहिवार साझ उनलाई डिस्चार्ज गरिएको थियो ।
चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि शुक्रबार काठमाडौ लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिब जंग बिकले जानकारी दिए ।

सामाजिक बिकास मन्त्रालयले मन्त्री शाहलाई काठमाडौ पठाइने तयारी गरिरहेको छ ।चाडैं हेलिकप्टर बाट मन्त्री ज्यूलाई काठमाडौ पठाउने तयारी भइरहेको छझ सामाजिक विकास मन्त्री कृष्ण सुबेदीका स्वकीय सचीव लोकेन्द्र धामीले बताए ।

Shaileshwori
Loading...