अस्ट्रेलियाविरुद्धको टी २० सिरिज भारतलाई

अस्ट्रेलिया र भारतबीच जारी टी २० सिरिजमा भारतले लगातार दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको छ।आइतबार सिड्नी क्रिकेट ग्राउन्डमा भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो। अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ५८ रन बनाउँदा स्टिभ स्मीथले ४६ रन बनाए। त्यस्तै मोइसेस हेनरिक्सले २६ तथा ग्लेन म्याक्सवेलले २२ रनको महत्वपूर्ण योगदान दिए।

Sayalb

उता भारतका लागि टी नटराजनले २ विकेट लिँदा सार्दुल ठाकुर र युजवेन्द्र चहलले समान १र१ विकेट लिए।

१९५ रनको लक्ष्य पछ्याएको भारतले दुई बल बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। भारतका लागि शिखर धवनले सर्वाधिक ५२ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले अभिजित रहँदै २२ बलमा ४२ रन जोडे। त्यस्तै कप्तान बिराट कोहलीको ४० तथा केएल राहुलको ३० रन महत्वपूर्ण रह्यो।

उता अस्ट्रेलियाका लागि ड्यानियल साम्स, एन्ड्रिउ टाइ, मिचेल स्विपसन र एडम जाम्पालेमा समान १र१ विकेट लिएका थिए।

योसँगै लगातार दोस्रो जित निकालेको भारतले सिरिज जितेको छ। पहिलो खेलमा भारतले ११ रनको जित निकालेको थियो।

Shaileshwori
Loading...