सेवाग्राहीलाई आफ्नै परिवारका सदस्य सम्झिनु : एआईजि कार्कि

कर्ण चन्द / चैत्र ३०
प्रहरी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई आफ्नै परिवारको सदस्य सम्झिएर काम गर्न अतिरिक्त महानिरिक्षक प्रधुम्न कुमार कार्किले प्रहरीलाई निर्देशन दिनु भएको छ ।
प्रहरीको वर्दि लगाएर मात्रै सच्चा नेपाल प्रहरी हुन नसक्ने भएका कारण नागरिकको सेवा प्रति कटिबद्ध भएर लाग्न कार्किले निर्देशन गर्नु हो । ईलाका प्रहरी कार्यालय दिपायलको नब निर्मित भबनको उद्घाटन गर्न दिपायल पुगेका एआईजी कार्किले उक्त कुरा बताउनु भएको हो । सम्बोदनमा एआईजी कार्कीले भने ‘ जनताको यहाँहरुसंग ठुलो अपेक्षा हुँदैन बस बिहान बिद्यालय गएको छोरी सकुशल आवस भन्ने हुन्छ, हामीले यस्तै खालका समस्या समाधान गर्ने हो । हरेकका समस्या आफ्नै र आफ्नै घरका सम्झीनु भयो भने मात्रै सेवाग्राही सन्तुष्ट हुन्छन् ।’
दिपायलमा रहेको ईलाका प्रहरी कार्यालयको भवनका अतिरिक्त महानिरिक्षक प्रधुम्न कुमार कार्किले उद्घाटन गर्नु भएको छ । २०७५ मंसिरमा निर्माण सूरू गरेको भबन निर्माण कार्य ३ करोड २२ लाख ११ हजार ५ सय ४८ रूपैयाँको लागतमा २०७७ असोजमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनु भएको छ ।


अपांग तथा महिलामैत्री सहित उच्च प्रबिधियुक्त भबन डिएफआईडि, युएनओपिएसको सहयोगमा निर्माण गरिएको हो । ईलाका प्रहरी कार्यालय दिपायल र वायल प्रहरी चौकीलाई एकै पटक निमार्ण गर्न थालिएको छ ।
भबन अभाबका कारण कैदीबन्दी राख्न तथा सेवा प्रवाह गर्न समस्या झेल्दै आएको थियो । दिपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका र शिखर नगरपालिका केहि वडा सेवा क्षेत्र रहेको दिपायल प्रहरी कार्यालय नेपाल प्रहरीको उच्चतम मापदण्ड अनुसार बनेको छ ।


