बडीकेदार क्षेत्र पर्यटन बिकास समितिको अध्यक्षमा देब बोहरा नियुक्त


मुलुक समाचार, धनगढी
सुदूरपश्चिमकै प्रमुख धार्मिक तथा पर्यटकिय शक्ती पिठ बडीकेदारको पर्यटन बिकास तथा ब्यबस्थापन समितिको अध्यक्षमा देबबहादुर बोहरा नियुक्त भएका छन् । डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको सिमानामा रहेको बडीकेदारलाई सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन बिकास समिति बनाउनका लागी गठनादेश बनाएपछी समिति गठन गरिएको हो । समितिमा बलबहादुर बुढा, प्रकाश धामी, ज्ञानु बम, चन्द्रा भुल, शरद मलासी र कार्यकारी निर्देशकमा दिपेन्द्रराज सिडारीलाई सदस्यमा नियुक्त गरिएको छ ।
नब नियुक्त पदाधिकारीलाई सुदूरपश्चिम प्रदेशका उद्योग,बन,पर्यटन तथा बाताबरण मन्त्री सन्तोस धामीले पद तथा गोपनियताको सफथ सुवाउनु भएको हो । पहिलो पटक बिकास समितिको रुपमा सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको हो । बडीकेदारको बिकासका लागी आफु पुर्ण प्रतिबद्ध रहेर काम गर्ने अध्यक्ष बोहरा सहित सदस्यहरुले प्रतिबद्धता ब्यक्त गरेका छन ।
