बाल सुधार गृह सिलगढीमा दुईमहिने हाउस वाइरिङग तालिम सुरु

तेजु ओली/डोटी -सुदुरपश्चिम प्रदेश को एक मात्र बाल सुधार गृह सिलगढीमा दुइमहिने हाउस वाइरिङग सिप किकास तालिम सुरु भएको छ। बाल सुधार गृहमा रहेका १२ जना बालकलाइ दुइ महिना तालिम सुरु भएको हो।
घरेलु तथा साना उधोग कार्यालय डोटी को आर्थिक सहयोग मा १२ जना बालकलाइ उक्त तालिम दिनलागेको कार्यालय प्रमुख सानु माया लिम्बुले बताउनुभयो।

कारण वास बालसुधार मा आएका बालबालिका लाइ भविश्यमा गएर जिबन यापन गर्न र समुदायमा घुलमिल हुन पनि यस तालिमले सहजता बनाउने प्रमुख जिल्ला अधिकारी किरण जोसी ले बताउनुभयो।
सबै ले उधमसिलता गरे समाजको बिकासमा सहयोग हुने भएकाले छोटो समयमै बाहिर निस्किने बालकहरू लाइ तालिम दिनलागेको घरेलु तथा साना उद्योग कार्यालय डोटी का प्रमुख दिपेन्द्र साहले बताउनुभयो।
सदरमुकाम सिलगढी मा रहेको बाल सुधार गृहमा बाल सुधार कार्यालयकाका कार्यालय प्रमुख सानुमाया लिम्बू को अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी किरण जोसी को प्रमुख आतिथ्यमा उक्त तालिमको समुदघाटन गरेको थियो।
