कोरोनाले एकै दिन आठ जनाको मृत्यु

काठमाडौं, भदौ ८

नेपालमा पछिल्लो २४ घण्टामा तीनजना महिलासहित आठजनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै कुल मृत्यु १५७ पुगेको छ ।
सुनसरीका ६८ वर्षका पुरुष, मोरङमा ६५ वर्षका पुरुष, पर्सामा ७० वर्षीया महिला, काठमाडौंमा ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महिला र रुपन्देहीमै ३८ र ५३ वर्षका दुई पुरुषको मृत्यु भएको यसपत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
