म थाकेको छैन आमा

म थाकेको छैन आमा,
सानोमा सयौँ पटक लड्दा
ताते ताते गर्दै हिन्न सिकायौ र पो यहाँ सम्म आएको छु,
हजुरको माया, साथ, सहयोग सबै थोक पाएको छु
बस नपाएको भनेको दुःख बिसाउने त्यहीँ चौतारी न हो,
म थाकेको छैन आमा,

हजारौँ सपना बोकेर सहर पसेको छु
दिनरात नभनी काम खाज्दै भौतारिदै दिनहरू बितिरहेका छन्,
आफ्नाहरू टाढा हुँदै छन्,
थाहा छैन कति सम्मको यात्रा हो जिन्दगी
कम खान्छु, बढी भोको रहन्छु
म थाकेको छैन आमा,

अहिलेसम्म सम्म झुटो बोल्न जानेको छैन
बिचौलियाका खुट्टा मोल्न जानेको छैन
हजुरले सिकाउनु भएको ज्ञानले मैले
यो सब जानेको छैन,
म थाकेको छैन आमा,

Sayalb

चाडै सुत्नु चाँडै उठ्नु
तिमीले सिकाएकी हौ
अनेकौँ चिन्ताले निन्द्रा हराएको छ
माफ गर आमा
न त चाँडै सुत्न सके
न त चाँडै उठ्न नै
तिमीले भनेको कुरा पालना गर्न सकिन त के भो
तर
म थाकेको छैन आमा,

बाबा हामीलाई अलिकति भए पनि पढ्न, लेखाउन भनी जिन्दगी भर परदेशी बन्नु भयो,
अहिले बाबाका हातमा ठेला परेर लठ्ठी समात्न सक्नु हुन्न
परिस्थिति अझै उस्तै छ
म थाकेको छैन आमा,

तिमीले जिन्दगी भर दुःख झेल्नु पर्‍यो
यत्ति गुनासो हजुरलाई हावाहुरी र पानी बाट ओत लाग्ने ठाउँमा बसाउने सपना आँखैमा छन्,
भविष्यका अनेकौँ योजना सम्झिन्छु, कुन बाटो जाने छुट्टाउन सकेको छैन,
आमा हजुरलाई लेख्न पढ्न आउँदैन हरेक ठाउँमा औँठा छाप हुन्छ,
अब एक चोटि मेरो गन्तव्यमा पनि औँठा छाप लगाइदेऊ, तिमीले हिँड्न सिकाएको बाटो कदापि भुल्ने छैन
म थाकेको छैन आमा,

अनगिन्ती मोल पर्ने हरेक कुराको उपभोग गरियो,
आफ्नू पेटमा पटुकी कसेर तिमीले ल्याएको खाने कुरामा जति मिठास कहीँ भेटिन्,
म थाकेको छैन आमा,
टेक विवश साउद
डोटी

Shaileshwori
Loading...