जुवाडे पक्राउ

डोटी, भदौ २०
बाजुरा जिल्लाको मार्तडीस्थित होटल हिलटपमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक धनबहादुर रोकाया सहित पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले एक गड्डी तास र नगद २७ हजार दुई सय रुपियाँसहित उनीहरूलाई पक्राउ बताइएको छ ।

यसै गरी स्याङ्जाको वालिङ नगरपालिका–८ कटौजेस्थित ३१ वर्षीय विवेक तिवारीले सञ्चालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत आठ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले नगद एक लाख ६६ हजार ८६९ रुपियाँ र २९४ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
