
काठमाडौं : वेस्ट इन्डिजका ३४ वर्षीय अलराउन्डर किरोन पोलार्डले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। यद्यपि उनले फ्रेन्चाइज क्रिकेटमा भने नियमित खेल्ने छन्।
पोलार्डले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एक भिडियो जारी गर्दै सन्नयासको घोषणा गरेका हुन्। पोलार्ड अहिले आईपीएलमा मुम्बई इन्डियन्सबाट खेलिरहेका छन्।

पोलार्डले आफुले सोचविचार गरेर नै यो निर्णयमा पुगेको भन्दै उनले १० वर्षको उमेर बाटै वेस्टइन्डिजका लागि क्रिकेट खेल्ने सपना रहेको र त्यो पूरा भएको बताए। उनले भने ‘मलाई गर्व छ की मैले १५ वर्ष सम्म टी-२० र एकदिवसीयमा वेस्टइन्डिजका लागि खेल्न सकें।’
पोलार्डले आफ्नो क्रिकेट करिअरमा १०१ टी-२० अन्तराष्ट्रिय र १ सय २३ एकदिवसीय खेल खेले। एकदिवसीयमा उनले २६.०१ को औषतमा २७०६ रन बनाउँदा ३ शतक र १३ अर्धशतक प्रहार गरेका छन्। त्यस्तै टी-२० अन्तर्राष्ट्रियमा उनले २५.३० को औषतमा १५६९ रन जोड्दा ६ शतक प्रहार गरेका छन्। पोलार्डले एकदिवसीयमा ५ र टी-२० अन्तर्राष्ट्रियमा ४२ विकेट समेत हात पारेका छन्।
पोलार्डलाई २०१९ मा एकदिवसीय खेलको कप्तानको जिम्मेवारी दिएको थियो भने २०२१ को टी-२० विश्वकपमा पनि उनी क्यारेबियन टिमको कप्तानको भुमिकामा रहेका थिए। तर उनले टीमलाई सेमिफाइनलमा पुर्याउन भने सकेनन्।
