Before Header
After Navigation

विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

हालै नेपालको आर्थिक विकास ३.७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ। यससँगै कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४ खर्ब ८५ अर्ब (उत्पादकको आधारमा) पुगेको छ।

आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने अनुमान छ। यस आधारमा जिडिपी ४१ खर्ब ५ अर्ब पुग्ने अनुमान गरिएको हो।

Sagan sahari bhawan nirman aayojana

कृषि लगायतका प्राथमिक क्षेत्रमा ३.९ प्रतिशत र गैर कृषि क्षेत्रमा ६।९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। प्रतिव्यक्ति आम्दानी १,२४६ डलरबाट बढेर १,३८१ डलर पुगेको छ।

लष्अभ्गचय
विभागको तथ्यांक अनुसार गत आव २०७७/७८ मा आर्थिक वृद्धि ४।३ प्रतिशत भएको छ। यसअघि भने सो वर्ष ४.०१ प्रतिशतले आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो।

त्यस्तै आव २०७६/७७ मा पनि २.४ प्रतिशतले वृद्धि ऋणात्मक थियो। सो आवको अन्तिम तथ्यांकपछि यस्तो देखिएको हो। यसअघि सो आवमा आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो।

Shaileshwori
Loading...