
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन झाडीमा जन्मिएको टिप्पणी गरेका छन् ।

सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले सत्तारुढ गठबन्धन कसले जन्मायो भन्ने नखुलेको बताए ।
‘यो झाडीमा जन्मिएको गठबन्धन हो, परमादेशबाट आएको गठबन्धन हो, कसले फालेको हो थाहा छैन’ उनले भने, ‘यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन ।’
उनले सत्तारुढ गठबन्धन देशकै कलंक भएको बताए । ओलीले वैशाख ३० देखि हामीले जनताको तागत देखाउन सुरु गर्ने पनि बताए ।
ओलीको भनाइ जस्ताको तस्तै :
‘मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । ‘यो पाँचदलीय गठबन्धनजस्तो यो देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, सरकारका नामको कलंक । संसदमा सरकार जन्मिन्छ, संसदले सरकार चाहन्छ । यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, यो कसले फालेको हो थाहा छैन । कहाँबाट पैदा भएको रु यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन । जनताले त यसलाई साथ दिँदै दिदैन ।’
