डोटीको २८ ओटा वडाको नतिजा सार्वजनिक, मतपरिणाम आउने क्रमजारी 

डोटी-डोटीका २८ ओटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १५, नेकपा एमालेले ८, नेकपा माओवादी केन्द्रले ३ र राप्रपाले १ वडामा जित हात पारेको छ ।
बोगटान फुड्सिल गाउँपालिका
जसमा नेपाली काँग्रेसले बोगटान फुड्सिल गाउँपालिका २ मा भरत बहादुर बम, ५ मा राम बोहरा, त्यस्तै माओबादी तर्फ बाट वडा नम्बर ४ दिप बहाद्र बम र नेकपा एमालेले वडा नम्बर १ बाट खेम घर्ती, भएका छन् भने ६ श्याम बागटी विजयी भएका छन् ।
बड्डीकेदार गाउँपालिका
त्यस्तै बड्डीकेदार गाउँपालिका १ मा नेपाली काँग्रेसका, २ मा माओबादीका डबल बहादुर बोहरा, ३ मा नेपाली काँग्रेसका राम बहादुर गुरुङ, ४ मा एमालेका कर्ण बहादुर बोहरा र वडा नम्बर ५ मा एमालेका पदम सिं बोहरा विजयी भएका छन् ।
आदर्श गाउँपालिका
आदर्श गाउँपालिका ७ मा नेपाली कांग्रेसका लाल बहादुर बिष्ट, ६ मा एमालेका लाल बहादुर खडाएत, ५ मा

पूर्बीचौकी गाउँपालिका
पूर्बीचौकी गाउँपालिका १ मा नेपाली कांग्रेसका अंक बहादुर खडका, २ मा नेपाली कांग्रेसका योगेन्द्र ठकुल्ला, ६ मा नेपाली कांग्रेसका पुष्प जोसी, र ७ मा नेपाली कांग्रेसका प्रेम खड्का विजयी भएका छन् ।

शिखर नगरपलिका
शिखर नगरपलिका १ मा दिपक बहादुर बोगटी, ११ मा कर्ण बिष्ट विजयी भएका छन् ।

Sayalb

के आई सिंह गाउँपालिका
के आई सिंह गाउँपालिका ७ मा राप्रपाका दिल बहादुर बलायर र ६ मा माओवादीका कृष्ण प्रसाद जोशी विजयी भएका छन् ।

जोरायल गाउँपालिका
जोरायल गाउँपालिका वडा नम्बर १ मा एमालेका जगत मल्ल, २ मा एमाले कै बिर बहादुर दर्लामी र ३ मा नेपाली कांग्रेसका नविन ओझा विजयी भएका छन् ।

सायल गाउँपालिका
सायल गाउँपालिकामा १ मा एमालेका लाल बहादुर रोकाया, २ मा नेपाली कांग्रेसका मान बहादुर सिंह विजयी भएका छन् ।
दिपायल सिलगढी नगरपालिकामा
त्यस्तै दिपायल सिलगढी नगरपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका कृष्ण साउद विजयी भएका छन् भने डोटी जिल्लाका अन्य वडाको मत गणना हुदैछ ।

Shaileshwori
Loading...