डोटीको पूर्वीचौकीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

Sagan sahari bhawan nirman aayojana

 डोटी- डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका छन् भने ४ हजार ७ सय २४ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएकी छन् ।
त्यस्तै नेकपा एमालेकी शारादाकुमारी साउदले २ हजार ४ सय ४४ मत ल्याउदा अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार खड्काले २२०५ मत ल्याएका हुन् । जम्मा मतदाता मध्य ६३.७७ प्रतिशत मतदाताले पुर्विचौकी गाउँपालिकामा मतदान गरेका हुन् ।

Shaileshwori
Loading...