डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर गड्सिला २०५८ मत ल्याई विजयी भएका छन् ।

Sayalb

उनका निकटतम पव्रतिद्वन्द्वी नेकपा एमालेका हस्तबहादुर बुढाले २०२४ मत ल्याए भने नेपाली काँग्रेसका डिलबहादुर बमले १९३४ मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी विष्नादेवी बम विजयी भएकी छिन्। बम २०६३ मत ल्याउँदै विजयी भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ज्ञानु मल्ल बमले १९९१ मत ल्याइन् भने माओवादी केन्द्रकी कलावतीकुमारी चिमालले १८७१ मत ल्याइन्। गाउँपालिकाका ७ ओटा वडाहरुमध्ये २र२ ओटा वडामा एमाले, माओवादी केन्द्र र बाँकी ३ ओटा वडामा काँग्रेस विजयी भएको छ।

Shaileshwori
Loading...