पुर्वीचौकी कांग्रेसको विजयी र्यालीमा गएको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु 

डोटी- पुर्वीचौकी गाउँपालिका कांग्रेसको विजयी र्यालीमा गएको सु प प्र ०१–००२–४७९५ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा पुर्वीचौकी गाउँपालिका वडा नम्बर चारका अन्दाजी १५ वर्षिय विक्रम ढोली रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनु भएको छ ।

Sayalb

उहाँका अनुसार ट्याक्टरमा सवार अन्य ३० जना घाईते भएका छन् । घाइतेको उपचारको लागि जिल्ला अस्पताल डोटीमा ल्याईएको छ । ट्याक्टर पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ चार मा दुर्घटना भएको हो । क्षमता भन्दा बढी ट्याक्टरमा सवारी भएको कारण दुर्घटना भएको सुचना अधिकारी कान्तिराज जोशीले बताए ।

Shaileshwori
Loading...