डोटी- डोटीका नौं ओटा स्थानिय तह मध्य छ ओटा स्थानिय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमल गड्सिला २ हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका बिस्ना देबी बमले २ हजार ६३ मत ल्याएर निर्वाचित हुनु भएको छ । यस गाउँपालिकाका अन्तरगतका जम्मा वडा मध्य नेकपा एमालेले २, नेपाली कांग्रेस ३ र नेकपा माओबादी केन्द्रले २ ओटा वडामा वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् ।
बडीकेदार गाउँपालिकाको अध्यक्ष्यमा नेपाली कांग्रेसका भैरव बहादुर साउँद निर्वाचित हुनु भएको छ । अध्यक्ष पदमा निर्वाचित साउँदले २ हजार ३४३ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसकै डम्मरी बिष्ट कलेल २ हजार ४०७ मत ल्याएर निर्वाचित हुनु भएको छ । यस गाउँपालिकाका अन्तरगतका जम्मा वडा मध्य नेकपा एमालेले २, नेपाली कांग्रेस २ र नेकपा माओबादी केन्द्रले १ ओटा वडामा वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् ।
यस्तै डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४ सय ४९ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएको हो । उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा ९रोकाया० ३ हजार ५ सय ९९ मत प्राप्त गरेर विजयी हुनभएको हो। यस गाउँपालिकाका अन्तरगतका जम्मा वडा मध्य नेकपा एमालेले ४, नेपाली कांग्रेस २ ओटा वडामा वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् ।
यसैगरी डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हाँसिल गरेको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७ सय ७३ मतसहित अध्यक्ष निर्वाचित हुनुभएको हो। उपाध्यक्षमा ३ हजार ६ सय ७४ मतसहित कांग्रेसकी लक्ष्मी रोकाया विजयी हुनुभएको छ । यस गाउँपालिकाका अन्तरगतका जम्मा वडा मध्य नेकपा एमालेले ३, नेपाली कांग्रेसले ४ ओटा वडाको वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् ।
पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका छन् भने ४ हजार ७ सय २४ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएकी छन् । यस गाउँपालिकाका अन्तरगतका सात आटै वडाको वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् ।
यसैगरी सायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ३ हजार २ सय ४३ मत ल्याएर अध्यक्षमा कांग्रेसका धर्मराज जोशी बिजयी भएका छन भने २ हजार ९ सय ३७ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी निर्मला बोहरा ओली निर्बाचित हुनुभएको छ । यस गाउँपालिकाका अन्तरगतका जम्मा वडा मध्य नेकपा एमालेले १, नेपाली कांग्रेसले ५ ओटा वडाको वडा अध्यक्ष पदमा जित हासिल गरेका छन्