
नारद नेपाली/डोटी- नेपालीको कानुन र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको छ तर व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठूलो जातको आधारमा विभिन्न किसिमका विभेद हुदै आएका छन्।
डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर दुई कुडासैन गाउँ नजिकै को पनिको मुहानमा तीन ओटा पानिको धारा छन् । तीन धारा मध्य २ वटा धाराको पानीमा कुडासैनका दलित समुदायका ब्याक्तिहरुले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारो त छ तर कहिलेकाहीँ धारामा पानी नआउँदा भने उनिहरुले टाढा बाट पानी भाडोमा माग्दा अपमान हुने शब्दको प्रयाग गरि आफुहरुलाई होच्याउने गरेको त्यहाँका स्थानीय दलित समुदायको भनाई रहेको छ ।
दलित र गैर दलितको खाने पानीको धारो फरक फरक रहदा लजास्पदको कुरा रहेको दलित अगुवा हरुको भनाई रहेको छ ।

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा समेत सहभागी हुन् पाएको छैन । राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मुलन हुन नसकेको बग्लेक बासि हरुको बुझाई रहेको छ ।
विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका विभिन्न निकायहरूमा पहल र वकालत गर्न आवश्यक रहेको रहेको छ । शिक्षा पनि जातीय विभेदको एक कारक तत्व भएकोले दलित लगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सरल पहुँच पुगाउन स्थानिय सरकारले मुख्य भुमिका खेल्नु पर्ने दलित अगुवा हरुको भनाई रहेको छ ।
