Before Header
After Navigation

शुक्रबार डोटी मा ६जना नयाँ सँक्रमित थपिए

किरण धामी / डोटी, भदौ २६

Sagan sahari bhawan nirman aayojana

शुक्रबार डोटीमा थप छ जना कोरोना सक्रमण पुष्टि डोटी जिल्लामा आज थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लामा थप ६ जना कोरोना संक्रमित थपिए पछि जिल्लामा कोरोना संक्रमित हुनेको संख्या नौ सय ६२ पुगेको छ ।

जिल्लाको बोगटान फुड्सिल गाउपालिकाका थप २ महिला र ४ पुरुष गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभएको छ । गाँउपालिकाको वडा नम्बर ५ का १६, २६, २९ वर्षका तिन पुरुष र २१ वर्षीया एक महिला गरी चार जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै वडा नम्बर ६ की २५ वर्षीया एक महिला र वडा नम्बर ७ का ५० वर्षीय एक पुरुषमा पनि कोरोना देखिएको छ । आज थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र पालिकाको आइसोलेसना रहेका स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...