
सदा जस्तै आज बिहानै पनि आमा सँग फोन गरे घण्टौँ कुरा हुने गर्थ्यो । आज भने पाँच मिनेट जति फोनमा कुरा गरे । दुई दिन यता मनसुन सुरु भए पछि डोटी तिर पनि बर्खा याममा कामको चटारो बढेको रहेछ । आमाले पछि फोन अरेइ धान सादाकि लागालाग छ । सबै गैग्य ।
फोन काटियो ।
हो नि कामको चटारो छ अनि आजै असार १५ अर्थात् राष्ट्रिय धान दिवस । किसानलाइ मानो रोपेर मुरी फलाउने बेला मलाइ पनि फोन काटिए पछि । गाउँको , रोपाइँ को, रोपाइ मा गाइने गीतको सारै याद आयो । गाउँलाई सम्झिँदै राष्ट्रिय धान दिवसकै कुरालाई मनमा सोचेर केही गन्थन मन्थन लेख्न मन लाग्यो ।
रोप रोप रोपनारी फाल फाल बियारी
अहिल हुरुक्कै सम्झे घर कि पियारी
यो हरफ हो सुदूरपश्चिम तिर रोपाइको समयमा भारत भएका श्रीमानले रोपाइँ लाई सम्झिँदै श्रिमगिलाइ भनेको देउडा गीत। घरपरिवार को खुसी र थोरै आर्थिक सम्रिद्ध को लागि भारत गएका कयौँ नेपाली आफ्नो भूमि परिवार लाई सम्झिरहेका होलान् ।
मानव जीवनमा धान महत्त्वपूर्ण र नभै नहुने एक महत्त्वपूर्ण खाद्य बाली हो । विश्व कै सबै भन्दा अग्लो ठाउँमा धान फल्ने देश पनि नेपाल नै हो । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यो त्यसैले बाच्ने आधार मात्रै नभएर सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । त्यसैले होला नेपाल सरकारले नै विसं २०६१ मङ्सिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती नै हो ।
सरकारले दिवसको रूपमा घोषणा गरेता पनि तमाम समस्या अभाव चुनौती किसानका रहिआएका छन् । भन्न त कृषि प्रधान देश भनिएको छ तर विडम्बना भारत वा अन्य मुलुकबाट धान लगायतका अन्य खाद्य वालि आयात गर्नु पर्ने अवस्था रहिआएको छ ।

अब स्थानीय सरकाले आर्थिक उन्नति र देश विकास गर्ने हो भने स्थापना स्तर बाटै जोडदार लाग्नु पर्ने देखिएको छ। १ दैनिक बिहानै देखि राति सबेरै सम्म भोक,प्यास, थकाइ,पिडाको आभासै नगरी खटेका किसानले ६ महिना खान पुग्ने अवस्था छैन। त्यसकालागि सिप सिकायत उन्नत जातको बिउ दिनु जरुरी छ।
२ परम्परागत रूपमा ट्याम्को बजाएर गीत गाएर गरिने रोपाइ हराइ सक्यो । यो एकताको प्रतीक हो । सांस्कृतिक महोत्सव हो त्यसको जगेर्ना गर्नु पर्छ। ३ बाउसे रोपनारी गाउँतिर पाइनै छोडिसके । अड्मा पड्मा गरेर काम गर्ने मान्छे को मानसिकता टुटिसक्यो । जसले रोपाइ महँगिएको छ । यसमा भाइचाराको सम्बन्ध बनाउनु पर्ने छ ।
४ वैदेशिक पलायन ले काम गर्ने जोस जाँगर भएका युवा पीढीहरू नहुँदा रोपाइँ मा पिडा महसुस हुन थालेको छ । दैनिक बिदेसिने युवाको विवरण राखेर ठाउँ अनुसार का युवा लाई यतै रोक्ने खालका कदम उठाउनु पर्ने छ ।
५ कृषि मा आउने अनुदान आसेपासे र बोल्ने भन्ने सम्म मात्र सीमित हुन थाल्यो । त्यसलाई स्थानीय सरकार कृषि का सूचना लाई किसान सम्म पुर्याउने हो र वास्तविक किसानलाई उत्साहित गर्नु अति महत्त्वपूर्ण छ ।
६ किसान प्रतिको मनस्थिति परिवर्तन गर्नु जरुरी छ । किसान भनेका केही हैनन्, उनी हरू लाई केही थाहा हुँदैन,फोहरी हुन्छन्, अशिक्षित हुन्छन् भनेर जुन शिक्षितले ले राखेको सोच छ त्यो सोच हटाउनु पर्छ। ७ समयमै पानी न पर्दा एकै चोटि कामको चटारो बढ्ने गर्छ समयमै खेत रोप्न, धान सार्न पाइएको छैन । सिचाइ नपुगेको टाउना सिचाइ पुर्याइयोस । आकासे पानी को भर पर्ने बाट बचाइयो भने किसानलाई सजिलो हुने छ । अन्यथा मन्त्री मात्रै परिवर्तन हुने देशमा कृषि क्रान्ति कहाँ होला र ?
दिवस घोषणा गर्यो तर किसानलाई उत्साह उमङ्ग हुने गरी मल, आधुनिक सिप क्षमता यन्त्र उपकरण दिन सक्ने हो भने दिवस को सार्थकता पाउने छ । यो शुभकामना छ सबै किसानलाई। अन्यथा दिवस ले कुनै अर्थ राख्दैन ।
तेजु ओली
डोटी, हाल काठमाडौँ
