पिपल्लाको चाँद ट्रेडर्समा आगलागी

एकेन्द्र चन्द, डोटी भदौ २८
डोटीको दिपायल सिलगढी – ४ स्थीत पिपल्ला बजारमा रहेको न्यू चाँद ट्रेडर्स एण्ड सप्लायर्स नामक पसलमा आगलागी हुँदा करिब तिन लाख बराबरको क्षती भएको छ । आगलागीको एकिन कारण पत्ता नलागेको भए पनि बिधुत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।
न्यू चाँद ट्रेडर्स एण्ड सप्लायर्सले भाडा बर्तन, फर्निचर र सिरक डस्ना, कपडाको कारोबार गर्ने गरेको थियो ।
आगलागी बाट ६० थान सिरक बनाउने कपडा सहित काठको दराज, प्लाइ, ३० वटा शिरक , २ वटा कुलर, कपास लगायतका कपडा जलेर नष्ट भएका छन् ।

Sagan sahari bhawan nirman aayojana

तस्बिरहरु ः दिपक बहादुर खडका

Shaileshwori
Loading...