डोटीमा कोरोनाका १४ जना नयाँ सँक्रमित थपिए

किरण धामी/डोटी, भदौं ३०
जिल्ला अस्पताल डोटीमा रहेको प्रयोगशालामा डोटीका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पिसिआर परीक्षणमा डोटीमा कार्यरत ६ जना नेपाली सेना सहित १४ जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४५ जनाको नमुना परीक्षण गरिएकोमा १४ जना नयाँ संक्रमित थपिएका हुन् । यसअघि कोरोना पुष्टि भएका नेपाली सेनाका १५ जनाको आजको पुनः परिक्षणमा रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार राजपुर स्थित सुल्लेखमा रहेको ब्यारेकका थप ४ जना र राजपुरमा रहेको ब्यारेकका २ जना गरी ६ जना नेपाली सेनाका जवानमा कोरोना पुष्टि भएको हो ।
