डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण

शालिभान साउद/डोटी भदौ ३१
डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए।

Sayalb

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० नेपाली सेनामा संक्रमण देखिएको हो। यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमित सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको छ। यो सगै डोटीमा कुल संक्रमितको संख्या १०२९ पुगेको पनि जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ भने जिल्लामा सक्रिय संक्रमितको संख्या १०१ रहेको छ ।

 

Shaileshwori
Loading...