डोटीको प्रयोगशालामा थप ३४ जनामा कोरोना पुष्टि

किरण धामी / डोटी , असोज १

Sagan sahari bhawan nirman aayojana

डोटी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोशाला ईन्चार्ज शौरव श्रेष्ठले दिनु भएको जानकारी अनुसार बिहिबार एक सय ७६ जनाको नमुना परिक्षण गरिएकोमा डोटी र अछामका १७र१७ जना गरी ३४ जनामा कोरोना पुष्टि भएको छ ।

बिहिबार दिपायल सिलगढी नगरपालिकाका ५ जना पुरुष, के.आई.सिंह गाउँपालिकाका ४ पुरुष र शिखर नगरपालिकाका ७ पुरुष र एक महिला गरी डोटीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अछाम जिल्लाको साफेबगर नगरपालिकाका १३ पुरुष र ४ महिला गरी १७ जनामा पनि कोरोना देखिएको छ ।

Shaileshwori
Loading...