एकल महिला, अपाङ्ग र सिमान्तकृत परिवारलाई फिल्टर सहयोग

कर्ण चन्द , डोटी असोज १
डोटी सम बिकास केन्द्र (ईडिसी) नेपालले पुर्वीचौकी गाउँपालिका र केआईसिंह गाउँपालिकाका एकल महिला, अपाङ्ग र सिमान्तकृत परिवारलाई फिल्टर सहयोग गरेको छ ।

पूर्विचौकी गाउँपालीका वडा नं. ३ गैरागाउँ र वडा नं. ४ सानागाउँ र केआईसिंह गाउँपालिका वडा नं. ४ दुर्गामाण्डौं , वडा नं. ६ र ७ भूमीराजमाण्डौंँका पाँच सय जना परिवारलाई खानेपानीको फिल्टर सहयोग गरिएको छ । सबै नागरिकलाई शुद्ध खानेपानीमा पहुँच पुर्याउने उद्धेश्यका साथ प्रति घरधुरी एक–एक वटा फिल्टर सहयोग गरिएको हो ।
समुदायमा पानी उमालेर, सोडिस गरेर वा अन्य उपायद्धारा शुद्धिकरण गरि खाने बानीको विकास नभई सकेको अवस्थामा फिल्टर प्रदान गरिएको सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताउनु भएको छ । नोभेल कोरोना भाईरस कोभिड–१९ बाट प्रभाबित परिवारका लागी डिसिए नेपालको आर्थिक सहयोगमा सम विकास केन्द्र (ईडिसि) डोटी द्धारा संचालित साकार परियोजना अन्र्तगत समुदाय स्तरमा मानवीय सहायता कोभिड–१९ वास प्रतिकार्यको लागि साकार परियोजना मार्फत फिल्टर बितरण गरिएको कार्यक्रम संयोजक रमेश भूलले जानकारी दिनु भएको छ
