
मोहन ठकुल्ला, डोटी

डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर २ मा छैठौं वडा स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाकाे आयाेजनामा शुक्रबार एक ओैपचारिक कार्यक्रमका बिच तिखात्तर लेगडामा सुरू गरेकाे हाे । प्रतियोगिता ३ दिन २० गते सम्म हुने भएकाे छ । प्रतियोगितामा गाउँपालिका भित्रका वडा नम्बर १ देखि ७ वडासम्मका जम्मा ९ टिमकाे सहभागिता रहेका छन् ।
उद्घाटन कार्यक्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिना बिष्ट, प्रमुख प्रशासकिय अधिकृत, वडा नम्बर २ का अध्यक्ष र विभिन्न राजनीतिक दलका व्यक्ति, शिक्षक विद्यार्थी विभिन्न पेशाव्यावसायिक तथा खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।
