खरिदार खड्का जनसेवा श्रीबाट सम्मानित

कर्ण चन्द / डोटी , असोज ३
जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजबहादुर खड्काले जनसेवा श्री (पञ्चम) पुरस्कार पाएका छन । राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने ब्यक्तीलाई सरकारले संबिधान दिवसको अबसर पारेर जनसेवा श्री पुरस्कार प्रदान गर्र्र्दै आएको छ । ३१ बर्ष देखी जिल्ला प्रशासन कार्यालय डोटीमा निरन्तर कार्यरत खड्कालाई सरकारले यस बर्ष जनसेवा श्री प्रदान गरेको हो ।

दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला निवासी खड्का स्वच्छ छवीको कर्मचारीको रुपमा चिनिन्छन् । ३ दशक भन्दा लामो समय प्रशासनमा बसेका खड्का जिल्ला प्रशासन कार्यालयमा सबै भन्दा जानकार ब्यक्तीका रुपमा परिचित छन । सबै जानकार भएकै कारण उनलाई मान्छो सिडिओ पनि भन्ने गरिन्छ ।
२०४३ सालमा सेवा प्रबेश गरेका खड्का निरन्तर एउटै कार्यालय एउटै फाँटमा काम गर्दै आएका छन । आज राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना ब्यक्तीहरुलाई विभूषण प्रदान गर्नु भएको छ ।
