डोटी घर भएकी एक महिला भारतमा बेपत्ता, खोजीमा सहयोग गर्न आग्रह

केशव बि.क/ तामिलनाडु (भारत), असोज ३

Sayalb

डोटीको सायल   गाउँपालिका –५ सुनिबाटा घर भइ  भारतको  तामिलनाडु को चेन्नई स्थित अन्नानगर  शान्ती कोलोनीमा रोजगारी गर्दै आएकी एक महिला चार दिन देखि बेपत्ता भएकी छन् । भारतको तामिलनाडुमा आफ्ना श्रीमान चक्र नेपाली सँग बस्दै आएकी २२ बर्षिया निर्माण नेपाली बेपत्ता भए पछि खोजि गरिदिन आग्रह गरिएको छ ।

यहि भदौ ३१ गते बिहान ११ बजे घर बाट निस्किीएकी श्रीमती नफर्किए पछि स्थानीय प्रहरीमा समेत खवर गर्ने तयारी भइरहेको छ । फेला पार्नेले मोवाइल नम्बर +91_9884003946,+91_9150937086 मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । भारतमा रहेका नेपालीहरुले फेसबुक मार्फत समेत सो घटनाका सम्बन्धमा सार्वजनिक गरेका छन् ।

Shaileshwori
Loading...