स्थानीय कर्मचारी मन्चले ४ बुदे माग राख्दै ज्ञापन पत्र बुझायो।

नरेश बोगटी/ डोटी, असोज ५

डोटिमा स्थानीय तहमा गठित स्थानीय कर्मचारी मन्चले आफ्नो विभिन्न ४ बुदे माग राख्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन ले स्थानीय तहका कर्मचारीहरुलाई बिभेद गरेको भन्दै स्थानीय कर्मचारी मंच डोटीले जिल्ला निर्बाचन अधिकृत डोटिका सह न्यायधिबक्ता पूर्ण ब.केसिलाई आइतबार शिलगढीमा ज्ञापन पत्र बुझायको हो ।

Sayalb

 स्थानीय कर्मचारी मंचले ट्रेड युनियन को चुनावमा किताबखानाबाट कर्मचारी संकेत नं. प्राप्तकर्ता सबैले निर्वाचनमा मताधिकार पाउनुपर्ने माग सहित ४ बुदे माग राखेको हो । मागकै क्रममा संघ, प्रदेश र स्थानीय तहको कर्मचारीको आधिकारिक ट्रेड युनियनका संरचनामा समतामूलक सहभागीताको हिस्सेदार पहिले नै निर्धारण र सुनिश्चित गर्दै निर्वाचन हुनुपर्ने, गैर सैनिक/गैर सुरक्षात्मक प्रकृति र चरित्रका स्थानीय तहका कर्मचारीहरुलाई असंवैधानिक तवरले स्थानीय सेवा नामकरणलाई सच्याउदै स्थानीय निजामती सेवा हुनुपर्ने र तिनै तहका सेवाको गठन, सञ्चालन र सेवा शर्तका बन्ने कानुनमा अविभेद, एकरुपता र समतामूलक व्यवस्थाहरु अबलम्बन गर्नुपर्ने विभिन्न माग ज्ञापनपत्रमा उल्लेख रहेको छ ।

 

उक्त मागहरु पूरा नभए कडा रुपमा आन्दोलन गर्ने कर्मचारी मंच डोटीका फोकल प्रसन लोगराज जोशिले चेतावनी दिनु भएको छ । लोकसेवा ले यस्तो निर्णय प्रती स्थानीय तहका कर्मचारीहरुले कडा आपत्ति जनाएका छ्न । निर्वाचन आयोग ले माग सम्बोधन नगरे कालो पट्टि बाधेर सेवा दिने समेत कर्मचारीहरुले बताएकाछन ।

सहायक जिल्ला निर्वाचन अधिबक्ता पुर्ण जोशी ले पत्र बुझ्दै पत्र सिंह दरवार काठमाडौ सम्म छिट्टै पत्रा पठाउने अठोट गर्नुभयो ।

Shaileshwori
Loading...