बडीकेदार गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शिवजी माविलाई

156
Shaileshwori

गणेश मौनी, डोटी 

डोटीको बडीकेदार गाउँपालिकामा सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधीे शिवजी माध्यामीक विद्यालय बडीकेदार ४ मान्नाकापडीले हात पारेको छ

बर्छैन माध्यामीक विद्यालयमा सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्ण ७ रजक, ६ कांस्य सहित शिविजी माध्यामीक विद्यालय प्रथम भएको हो ।

त्यस्तै ४ स्वर्ण, ९ रजक र ५ कांस्य सहित आयोजक बर्छैन माध्यामीक  विद्यालय द्धितिय भएको छ भने ४ स्वर्ण २ रजक २ कांस्य सहित दुर्गा माध्यामीक विद्यालय देवली तृतीय भएको हो ।

प्रतियोगितामा सहभागी अन्य लक्ष्मी माध्यामीक विद्यालयले १ स्वर्ण १ रजक ४ कांस्य प्राप्त गरेको छ । त्यस्तै जनता माध्यामीक विद्यालय सडेखानले १ स्वर्ण २ रजक २ कांस्य प्राप्त गरेको थियो । त्यस्तै वीरेन्द्र माध्यामीक विद्यालय घागलले २ स्वर्ण ४ रजक र ६ कांस्य प्राप्त गरेको छ । त्यस्तै विष्णु माध्यामीक विद्यालय मुलेचौरले ३ स्वर्ण १ रजक र १ कांस्य प्राप्त गरेको छ । विष्णु माध्यामीक विद्यालय बराल गाउँले १ स्वर्ण प्राप्त गरेको छ भने केदारेश्वर माध्यामीक विद्यालय लानाले ३ स्वर्ण ४ रजक र ४ कांस्य प्राप्त गरेको थियो ।

विभिन्न ३० विधामा सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ फागुन ५ गते देखी ८ गते सम्म सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

खेलकुद स्वास्थ्यका लागि अति आवश्यक रहेको बडीकेदार गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए । समापन सत्रका प्रमुख अतिथि समेत रहेका शाखा प्रमुख देउवाले बडीकेदार गाउँपालिकाले खेलकुदका कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताए । उनले भने बालबालिकाहरूलाई पढाइका साथ साथै खेलकुद पनि अति आवश्यक रहने भएकोले विद्यालयहरूले शुक्रबारे कार्यक्रममा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । पालिका स्तरमा खेलकुद मैदान र खेल शिक्षकको व्यवस्थापनमा छलफल गरिने समेत शाखा प्रमुख देउवाले बताए ।

बर्छैन माध्यामीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बमको अध्यक्षतामा सञ्चालन भएको समापन सत्रमा बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विवेक देउवा प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा सरोकारवाला, स्थानीय, शिक्षक , विद्यार्थी, पत्रकार सुरक्षा कर्मीलगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा  पालिका भरिका ९ वटा माध्यामीक विद्यालयको सहभागिता रहेको थियो ।

Sujang New
Leave A Reply

Your email address will not be published.