बिद्यालय खोल्न सुझाब

Sayalb

असोज १३, डोटी
नोभेल कोरोना भाईरस कोभिड–१९ का कारण प्रभाबित बिद्यालय तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर सञ्चालन गर्नु पर्नेे सुदूरपश्चिम प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताए ।
त्रिबेणी एफ.एम डोटी र एफ.एम डिसी कैलालीको आयोजनामा गरिएको रेडियो नागरिक सम्बाद कार्यक्रममा सांसद खड्का सहितका बहसमा सहभागी ब्यक्तीले सुरक्षा साबधानी अपनाई बिद्यालय खोल्न पर्ने र पठनपाठन निरन्तर गर्नु पर्ने बताएका हुन । सांसद खड्काले भने ‘एक शैक्षिक सत्रको बिद्यार्थिको जिवन खेर जान्छ त्यसैले बिद्यालय सञ्चालनका लागी सबै सरोकारवाला तयार हुन पर्छ । सरकारले सुरक्षा प्रबन्ध गर्नु पर्छ ।’
बिद्यालय संचालन गर्ने बारे दिपायल सिललगढी नगरपालिकामा एक अध्ययन टोली बनाएर अध्ययनको काम भईरहेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताईन । मेयर मलासीले भनिन् ‘हामी बिद्यालयको सुरक्षा अबस्थाको अध्ययन गछौँ सोही अनुसार बिद्यालयको खतराअबस्थाको मूल्याङ्कन गरेर सञ्चालन कसरी गर्ने भन्ने निश्कर्षमा हामी पुग्छौँ ।’
यस बर्षका लागी मात्र भएपनी शैक्षिकसत्र असारसम्म पु¥याएर पनि १ सय ८० दिन निरन्तर अध्यापन गर्नु पर्ने पत्रकार रामहरी ओझाले बताए । ओझाले भने ‘एक शैक्षिकसत्र कोल्याप्स हुनु बिद्यार्थि र शिक्षा क्षेत्रका लागी ठुलो घाटाको बिषय हो । अवस्था हेरी बिकल्प प्रयोग गरेर पनि बिद्यालय सञ्चालन गर्नु पर्छ ।’
बिद्यार्थिलाई बढ्ने बाताबरण सृजना गर्नु राज्यको दायित्व भएका कारण पनि साबधानी पुर्याएर बिद्यालय सञ्चालन गर्नु पर्ने मानबअधिकार रक्षक सञ्जाल डोटीका संयोजक नवराज जोशीले बताए ।

Shaileshwori
Loading...