डोटीका सि.अहेब बोगटीले पाए पुरस्कार 

डोटी : डोटीका सिनियर अहेव शेर बहादुर बोगटीले स्वास्थ्य  सचेतना गीत मार्फत पुरस्कार पाएका छन् । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ मा रहेक‍‍ो गगुडा स्वास्थ्य चौकीमा कार्यरत अहेव बोगटीले सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहबाट पुरस्कार ग्रहण गरेका हुन् । गत वर्षको माघ महिनामा भएको स्वास्थ्य सचेतना गीत तथा नाटक लेखन प्रतियोगितामा स्वास्थ्य सचेतना गीतमा दोस्रो भएका थिए ।

Sayalb

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो । बोगटीले नपिऊ रक्सी न पिउ चुरोट, स्वास्थ्य नागरिक सबल समाज निर्माणमा अठोट गरौँ  नाम दिएको गीत लेखेका थिए । पुरस्कार ग्रहण गरेपछि खुसी व्यक्त गरेका छन् । आउने दिनहरूका लागि पाएको पुरस्कारतकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनी सँगै स्वास्थ्य सचेतना गीत प्रतियोगितामा धनगढीका दर्पण शर्मा र प्रकाश बडू तृतीय भएका छन् ।

Shaileshwori
Loading...