डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार नौ जनामा कोरोना पुष्टि

Sagan sahari bhawan nirman aayojana

असोज १४, डोटी
बुधबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोनना पुष्टि भएको छ । प्रयोगशालामा बितेको २४ घण्टामा जम्मा ५६ जनाको कोरोना परिक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार डोटी जिल्लाका ७ र अछामका २ जनामा कोेरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा दिपायल सिलगढी नगरपालिकाका तिन जना पुरुष, के.आई.सिंह गाँउपालकाका एक जना पुरुष, बोगटान फुड्सिल गाँउपालिकाका दुई जना पुरुष, र शिखर नगरपालिकाका एक जना पुरुष गरि डोटी जिल्लाका सात जना रहेका छन । त्यस्तै अछामको बान्निगढी जयगड गाँउपालिकाका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...