विकास निर्माणमा सबै एक भएर अगाडि बढ्न पुर्बीचौकी गाउँपालिकाका अध्यक्ष बोगटीको आग्रह

असोज १४, डोटी
पुर्बीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले विकास निर्माणमा सबै एक भएर अगाडि बढन आग्रह गर्नु भयो । पुर्बीचौकी गाउँ पालिका वडा नम्बर ५ काडामाण्डौको न्वाघरमा भदौ २५ गते घाँस काट्न गएको समयमा भिडबाट खसेर टाउको जिब्रोमा गम्भीर चोट लागेर घाइते र हात भाचिएकी ९ बर्षकि बालिका दुर्गा साउदको उपचारका लागि राहत बितरण कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले सो कुरा बताउनु भएको हो । तेडि शृजनशिल युवा क्लवको अगुवाइमा स्वदेश तथा बिदेश बाट संकलन गरिएको ७२ हजार ५ सय रकम पिडितका आफन्तलाइ बितरण गर्दै अध्यक्ष दिर्घराज बोगटीले यस्तो सामाजिक कार्यमा सहभागी युवाहरूलाई धेरै धेरै धन्यवाद दिनु भयो ।

Sayalb

तेडि शृजनशिल युवा क्लवको अगुवाइमा आर्थिक अवस्था कम्जोर भएकि दुर्गाको औषधी उपचारमा सहयोग पुगाउनका लागि अर्थिक संकलन गरिएको क्लबका सल्लाहकार गणेश साउदले बताउनु भयो । दुर्गा साउदको औसधि उपचारका लागि भरतको प्रबासमा बसेर सहयोग गर्ने समाजसेवि अनलाइन नेपाल रिचार्जका प्रोपाइटर अम्मर सिंह बटालाले २८ हजार रकम संकलन गरेका थिए भने कैलालीको गौरी गंगा नगरपालिका वडा नम्बर ६ बनबेहडा निवासी लक्ष्मी बोगटी कुवरले ५ हजार आर्थिक संकलन गरेको क्लबका अध्यक्ष बिरबहादुर साउदले बताउनु भयो । पुर्बिचौकी गाउँ पालिका वडा नम्बर ५ काडामाण्डौ उपरकाडा निवासी दिर्घ साउदको पहलमा २५ हजार ६ सय भारत बाट संकलन गरेको उपाध्यक्ष देबबहादुर साउदले कार्यक्रममा बताउनु भएको थियो ।
तेडि शृजनशिल युवा क्लबका सचीव डम्बरबहादुर साउदको अगुवाइमा उपरकाडाका टोलटोलमा १४ हजार ७ सय रकम संकलन गरेका थिए । पिडित दुर्गा साउदको औसधि उपचारमा आर्थिक सहयोग गर्ने नेपाल भारत रहेका सबै सहयोगी हातलाइ कल्बका तर्फबाट र बालिका दुर्गा साउदका बुवा खड्के साउदले धन्यवाद सहित आभार प्रकट गरेका थिए ।तेडि शृजनसिल युवा क्लबले दुखी पीडितलाई सहयोग गर्नुका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

Shaileshwori
Loading...