बझाङको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्छौ मन्त्री साउँद 

टेकेन्द्र बोहरा 
बझाङ जिल्लाका शिक्षा र  स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन आफूले सक्दो पहल गर्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउदले बताएका छन् । मङ्गलवार प्रेस सेन्टर बझाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन । मन्त्री साउँदले भने– बझाङ जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा हामीले भेटघाट गर्‍यौ र त्यहाँको अवस्थाको बारेमा आफू जानकार रहेको र तिनीहरूको मर्मत सम्भारको लागी प्रदेश सरकार र आप्नो मन्त्रालयले पहल गर्ने जिल्लाका सबै स्थानीय तहमा एउटा,एउटा सुविधा सम्पन्न विद्यालय र एउटा एउटा स्वास्थ्य केन्द्रलाई नमुनाको रूपमा बनाउन आफूले सक्ने जति पहल चाल्ने बताए ।
कार्यक्रममा मन्त्री रावलले पछिल्लो समय जनयुद्धको जगमा आएको गणतन्त्रलाई समाप्त पार्न केही सामाजिक सञ्जाल वाट बनेका पार्टीहरू र केही राजावादी पार्टीहरूले सामाजिक सञ्जालबाट तथानाम गाली गर्दै हिँडेको देखिन्छ फेरी एक पटक माओवादीहरू लगायत अन्य पार्टीहरू मिलेर गणतन्त्रको रक्षा गर्न जाग्नुपर्ने बेला समेत आएको बताए ।
Sayalb
समाज परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको र अव आउने दिनहरूमा पनि पत्रकारहरूले समाज रूपान्तरणको लागी सधैँ सत्य, तथ्य, निष्पक्ष, रूपमा कलम चलाउनुपर्ने नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले बताए ।
कार्यक्रममा प्रेस सेन्टर बझाङका जिल्ला अध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा सञ्चालन भएको थियो कार्यक्रममा प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष सम्राट् बहादुर सिंह लगायत जिल्लामा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...