
पुस ०६, डोटी । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सिलगढी स्थित परिवार नियोजनको हलमा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । २०५१ सालदेखि डोटी जिल्लामा क्रियाशील सिडिएफ नेपालले गत आर्थिक वर्षमा गरेका सम्पूर्ण क्रियाकलापहरूको जानकारी दिने उद्देश्य सहित कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका कार्यक्रम संयोजक गिरिराज पाठकले कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक वर्षमा जिल्लाको जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पुर्विचौकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृर्षी लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरेको छ । सिडिएफ नेपालले प्राकृतिक तरकारी खेती कार्यक्रम लागु गरेपछि फाइदा भएको शिखर नगरपालिका वडा नम्बर ६ का गणेश मल्लले बताए । गाउँमा दुई/तिन ओटा टनेलमा तरकारी खेती गर्नेहरूका सिडिएफ नेपालले सहयोग गरेपछि अहिले १४/१५ ओटासम्म टनेल देख्न सकिने उनले बताए । मल्लले गाउँका टनेल नपाएकाहरूलाई पनि टनेल उपलब्ध गराइदिन आग्रह गरे ।


दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख कलावती साउदले निकट भविष्यमै कृर्षी मैत्री नगर घोषणा गर्नका लागि नगरपालिकाले प्रक्रिया अगाडी बढाएको बताइन् । उनले डोटी जिल्लामा लागु भएका सरकारी तथा गैरसरकारी संघसस्थाहरुले स्थानीय तहसँग समन्वय गरी काम गरेमा डोटी जिल्लाको कृषि क्षेत्रले फड्को मार्ने उनले बनाइन् । आफ्नो परिचय दिन नसक्ने महिलाहरूले संघसस्थाबाट धेरै कुराहरू जानको उपप्रमुख साउदले बताइन् ।
कार्यक्रमबाट प्राप्त भएका सुझावहरूलाई संस्थाले ग्रहण गर्दै आगामी कार्य योजना बनाउने संस्थाका अध्यक्ष खडक शर्माले बताए । अध्यक्ष शर्माले संस्थालाई सल्लाह सुझाव दिन आग्रह समेत गरेका छन् । कार्यक्रमको सहजिकरण पत्रकार कर्ण चन्दले गरेको थिए ।

