
पुस १८, बैतडी । जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको आम्चौराबाट मेलौलीतर्फ जाँदै गरेको ना २ च ४५५१ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–४ मा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–४ का ६९ वर्षीय बिसर चन्द, सोही ठाउँका २० वर्षीया प्रिंका चन्द र शिवनाथ गाउँपालिका–३ का सानु चन्द घाइते रहेका छन् ।

घाइतेहरूको आमचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिपमा चालकसहित ७ जना सवार रहेका थिए। अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वर्ष २५ का जिप चालक गजेन्द्र पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
