कोभिडले अरु कुराहरु छेके पनि दिपायल विमानस्थलको विकास र विस्तारलाई नछेक्ने मन्त्रि भट्टराई

Sayalb
किरण धामी, डोटी
दिपायल विमानस्थलको विकास र विस्तारमा कुनै बाधा नरहेको र कोभिडले अरु कुराहरु छेके पनि विमानस्थलको विकास र विस्तारलाई नछेक्ने सास्कृती, पर्यटन तथा नागरीक उड्यन मन्त्रि योगेश भट्टराईले बताउनु भयो । दिपायल विमानस्थलको निरिक्षणका क्रममा मन्त्रि भट्टराईले यस्तो बताउनु भएको हो । लामो समय देखी बन्द रहेका सुदुर पश्चिमका तिन ओटा विमानस्थल निरिक्षणका लागि सुदुर पश्चिम पुगेका मन्त्रि भट्टराईले दिपायल विमान स्थलको लम्बाई बढाउनु पर्ने देखीको बताउनु भएको छ । धनगढी बाट डोटीको लागी मन्त्रि भट्टराई सहित १६ जना बोकेर आएको समिट एयरको जहाज सहजै डोटीको एयरपोटमा अवतरण गरेको भए पनि विमान स्थलको टर्मीनल पुरानो शैलीमा भएका कारण र कहिलेकाँही ठुला जहाज अवतरण गर्नु पर्ने अवस्था आउने हुदा पनि केही बढाउनु पर्ने देखीएको मन्त्रि भट्टराईले बताउनु भयो । मन्त्रि भट्टराईले भन्नु भयो “नागरीक उड्यन मन्त्रालयको इन्जिनियरको टिम पनि हामीसंगै आएको छ त्यो टीमले आज विमानस्थलको सबै कुरा हेर्छ, थप केही दिन पछि प्राविधिको टोली पनि पठाउछौं त्योे टोलीले पनि थप अध्ययन गर्ने छन।” प्राविधिकको टोलीले अध्ययन गरीसके पछि विमानस्थललाई कति जग्गा आवश्यक पर्छ त्यही अनुसार आफुहरुले प्रक्रिया अघाडी बढाउने मन्त्रि भट्टराईले बताउनु भयो । लामो समय देखी बन्द रहेको दिपायल विमानस्थलबाट अब नियमित साताको २/३ पटक उडान हुने पनि बताउनु भयो ।
Shaileshwori
Loading...