खप्तडको मध्यवर्ती क्षेत्रबाट बन्दुक सहित एक जना पक्राउ

सुबास नेपाली 
माघ १४, डोटी
खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १४ मा पर्ने दुनि पातलकोट स्थित पाटे बनमा एक थान बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ ।

Sayalb

निकुञ्ज सुरक्षार्थ खटिएको सिंह शार्दूल गुल्म र निकुञ्जका कर्मचारीहरूको संयुक्त गस्ती टोलीले  उनलाई शनिबारबार पक्राउ गरेको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले जानकारी दिए । उक्त व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान हुने र अवैध हातहतियार लिएर रातको समयमा जङ्गल प्रवेश गरेकोले हातहतियार तथा खरखजाना सम्बन्धी ऐन बमोजिम अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइने वार्डेन पौडेलले जानकारी दिए ।

Shaileshwori
Loading...