पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पुस १, पाल्पा ।
Sayalb
पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको हो । डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप मङ्गलवार बेलुका पौने ५ बजेतिर दुर्घटनामा १० जना घाइते भएको तिनाउ गाउँपालिका ६ का वडाध्यक्ष टोमबहादुर पुनले बताए ।
जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुवेर  कडायतले बताए । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जिपमा १५ जना यात्रु सवार थिए ।
Shaileshwori
Loading...