कोरोनाबाट २४ घण्टामा सात जनाको निधन

Sayalb

देशभर नोभेल कोरोना भाईरस कोभिड– १९ बाट संक्रमित थप सातजनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । निधन हुनेमा महिला चारजना र पुरुष तीनजना रहेका छन ।
बाँके जिल्लामा एक पुरुष र एक महिला गरी दुई जनाको निधन भएको छ । काठमाडौं र ललितपुरका एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी चितवन, मकवानपुर र कन्चनपुरका एक–एक महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

Shaileshwori
Loading...